चौकीदारदेखि वकिलसम्म सार्वजनिक
नेपालगन्ज २९ असोज ः नेपालगन्जका चर्चित कानुन व्यवसायी अधिवक्ता लोकबहादुर शाहको संस्मरणात्मक पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ बिहिवार नेपालगन्जमा विमोचन भएको छ ।
क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गरेको हो । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायधीश पवनकुमार शर्माले पुस्तक विमोचन गर्नुभयो । न्यायधीस शर्माले पुस्तकमा तत्कालीन सामाजिक परिवेश र भागाइहरु समेटिएको चर्चा गर्दै यसले नयाँ पिढीलाई प्रेरणा मिल्ने बताउनुभयो ।
नेपाल बारका केन्दीय उपाध्यक्ष सुनिल श्रेष्ठ र शिक्षाकर्मी शशी स्वाँरले पुस्तकमाथि टिप्पणी गर्नुभयो । टिप्पणीकार अधिवक्ता श्रेष्ठले शाहको सुरुवाती संघर्ष र सफलता हरेक युवा पेशाकर्मीका लागि प्रेरणा हुने बताउनुभयो । क्रियटिभ बुक्सले सही पात्र चयन गरेको बताउँदै अधिवक्ता श्रेष्ठले आगामी दिनमा शाहको थप कृति आउनेमा आशावादी रहेको चर्चा गर्नुभयो ।
शिक्षाकर्मी स्वाँरले अछाम तथा सुदुरपश्चिमको तत्कालीन अवस्थाको पुस्तकमा चित्रण गरिएकाले अध्यताका लागि कामकाजी हुने बताउनुभयो । पुस्तक हरेक पेशा र व्यवसायमा रहेका व्यक्तिहरुका लागि प्रेरणादायी हुने स्वाँरको भनाइ थियो ।
क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले हरेक मानिसका आआफ्ना कथा र भोगाइ हुने भएकाले त्यसलाई पुस्तकमा लिपीबद्ध गर्दा नयाँ पुस्तालाई त्यसले प्रेरणा दिने बताउनुभयो । समाजका हरेक व्यक्तिले आफ्नो संघर्ष, भोगाइ र सफलता समेटेर पुस्तकार दिनुपर्नेमा अध्यक्ष ठकुरीले जोड दिनुभयो ।
अधिवक्ता शाहले लकडाउनको समयमा आफ्ना विगतका कुराहरु श्रीमतीलाई सुनाउँदा त्यसलाई पुस्तकका रुपमा उतार्दा नयाँ पुस्तालाई प्रेरणाको स्रोत बन्न सक्ने सल्लाह पाएपछि आफुले पुस्तक तयारी गरेको बताउनुभयो ।
पुस्तकको सम्पादन पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले गर्नुभएको हो । विमोचन समारोहमा न्यायधीशहरु गोकर्ण डाँगी र विमल सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमसेर राणा, वरिष्ठ अधिवक्ता गिरिबरप्रसाद अग्रवाल, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, कैलपाल एकेडेमीका प्रबन्ध निर्देशक सञ्जय सिंह, निर्देशक रेवती सिंह, डा. रुपानन्द अधिकारी, डा. गौरव श्रेष्ठ, डा. कुमारशान शाह, आशीर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्की, डा. जनार्दन आचार्य लगायत बिभिन्न क्षेत्रका बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।
क्याटेगोरी : जीवनशैली, विशेष, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्