३८ करोडमा लामबगर काभ्रेस्थली सडक धमाधम पिच हुँदै
 
	
				
			काठमाडौं । तारकेश्वर नगरपालिकाको शेषमती–लामबगर–जरंखु हुँदै काभ्रेस्थलीको संगमचोक सम्मको ५८०० मिटर बाटो कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।
नगरपालिकाकै गौरवको आयोजना मध्य एक रहेको सो सडक बिगत ४ बर्ष देखी बिवादका कारण कालोपत्रे हुन सकेको थिएन ।
तारकेश्वर नगरपालिकाको पहलमा विवादीत स्थानहरुको समस्या समाधान भएकाले कालोपत्रे गर्ने कार्य अघि बढेको उपमेयर भवानी डोटेलका भनाई छ । बाटो निर्माणमा ढिलासुस्ती भएको बताएका छन् ।
सडक कालोपत्रे सुरु भएपछि तारकेश्वर वडा नं। २, वडा नं। ८ का जनप्रतिनिधिहरु फिल्डमा आइ अनुगमन गरिरहेका छन् । मापदण्डअनुसार पिच कार्य सुरु भएकाले अब काम कुनैपनि हालतमा रोक्न नदिने वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सीले बताए । विवादीत ठाउँमा नगरपालिकाले तत्कालै हल गर्दै कामलाई अगाडी बढाउने बताए । तारकेश्वर अहिले धेरै स्थानहरुमा नगरस्तरीय योजनाहरू सुरु भएको के.सीको भनाई छ ।

वडाअध्यक्ष केसीकाअनुसार तारकेश्वर वडा नं। २ का विभिन्न स्थानमा २०७७÷७८ को योजनाका काम र पुराना कामहरु धमाधम सुरु भएको बताएका छन् ।
तारकेश्वर नगरपालिकाको वरिष्ठ इन्जिनियर कञ्चन भट्टले उक्त सडक निर्माणको अनुगमन गर्ने जिम्मा पाएका छन् । भट्टले कालोपत्रेको काम सम्पन्न नभएसम्म आफुले अनुगमन गर्ने बताएका छन् । भट्टले अहिले भइरहेको पिच २ इन्च बाक्लो हुने भएकाले यसको आयु ६ वर्ष भएकाले पिच टिकाउ हुने बताए ।
सिएन कन्ट्रक्सनले ३८ करोडमा ५८०० मिटर पिच र साइडमा ब्लक बिछ्याउने काम सुरु गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #लामबगर काभ्रेस्थली सडक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+





 
					 
					 
					 
					
तपाईको कमेन्ट लेख्नुहोस्