तारकेश्वरमा कोरोना संक्रमितको संख्या ७७० पुग्यो

काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ७७० पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाकोअनुसार जसमा ३१८ महिला र ४५२ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या १५४ महिला र १९५ पुरुष गरी ३४९ जना रहेका छन् । अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । संक्रिय संक्रमितको संख्या महिला १६२ र पुरुष २५४ जना गरी ४१६ जना पुगेका छन् ।
तारकेश्वर नगरपालिकामा २४३१ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा ३७९ जना होम आइसोलेसनमा बसेका छन् । अस्पतालको आइसोलेसनमा २१ जना रहेका छन् । कोभिड सेन्टरमा ९ जना रहेका छन् । होटल आइसोलेसनमा ५ जना र १ जना अन्य स्थानमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट २८० जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।
वडा नं. ८ मा ७६ जना ३४ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ११० जना र निको हुनेको संख्या ४४ पुगेको छ । वडा नं. १० मा १२९ जना जसमा ८७ जना निको भएका छन् । वडा नं. ११ मा १४८ जना ४९ जना निको भएका छन् भने २ जना पुरुषको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा २१ महिला र ३५ पुरुष गरी ५६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १५ जना पुगेको छ निको हुनेको संख्या ११ जना, वडा नं. २ मा ३७ जना १३ जना निको भइसकेका छन् । वडा नं. ३ मा १६ जना जसमा ८ जना निको भएका छन् । वडा नं. ४ मा ६९ जना जसमा ३० जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ६३ जना जसमा ३३ जना निको भएका छन् । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ६ मा ७० जनामा कोरोना संक्रमण देखिएको छ भने २८ जनाको निको भएको छ । १ जना महिलाको मृत्यु भएको छ । वडा नं. ७ मा आज ३७ जनामा कोरोना संक्रमण देखिएको छ जसमा १२ जना निको भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा कोरोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्