नेपाल सुनचाँदी कला ब्यवसायी संघको रक्तदान कार्यक्रम

शालिकराम लामिछाने
काठमाडौं । नेपाल सुनचाँदी कला ब्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ ।
कोरोनाभाइरस ९कोभिड–१९० को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा रक्तदान कार्यक्रम संचालन गरिएको नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रिय अध्यक्ष केशर सेन्चुरीले साझापाना अनलाइनलाई बताए ।
संघमा आबद्ध भएका करिव १२० जनाले रक्तदान गर्ने अध्यक्ष सेन्चुरीको भनाई छ ।
रगतको माग बढी र रक्तदान कम भैरहदा सृजित रक्त अभावलाई पुर्ण गर्न विभिन्न संघ संस्थाहरुको सामुहिकतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा सामाजिक गतिविधिका विभिन्न अभियानमा सवै संघ सस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने संस्थागत उद्देश्य बमोजिम यो रक्तदान जीवनदान जस्तो पवित्र कार्यमा जोडिएको र यस किसिमका हरेक गतिविधिमा संघ सदैव सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको उल्लेख गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल सुनचाँदी कला ब्यवसायी संघ, #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्