सम्झौताअनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही शुरु
लामो समयदेखि सम्झौताअनुसार काम सम्पन्न नगर्ने २१ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटाँैडाले मकवानपुर, बारा र पर्सा जिल्लामा सडक निर्माण र मर्मतलगायतका सम्झौताबमोजिम काम नगर्ने कम्पनीसँगको सम्झौता रद्द गरी आवश्यक कारवाही प्रक्रिया शुरुआत गरेको छ ।
कार्यालय प्रमुख योगेश सुमनले विसं २०६६ चैत अर्थात् ११ वर्ष अगाडि सडक निर्माण तथा मर्मत ठेक्काको सम्झौता गरेका निर्माण व्यवसायीलाई पटक पटक सूचना गरे पनि सम्पर्कमा नआएकाले बाध्य भई कारवाहीमा जानु परेको जानकारी दिनुभयो । कालो सूचीमा राख्ने प्रक्रियाअन्तर्गत मकवानपुरका सात, पर्साका छ, बाराका तीन र काठमाडाँैका एक निर्माण व्यवसायी कम्पनी छन् ।
ती कम्पनीसँग आर्थिक वर्ष २०६५- ०६६ देखि २०७०- ०७१ सम्मको सम्झौता रहेको कार्यालयले जनाएको छ । सार्वजनिक खरिद ऐन,२०६३ को दफा ५९ अनुसार सम्झौता अन्त्य गरेको कार्यालयले जनाएको छ । बैँक जमानत जफत गरी बाँकी कामको रकम असुलउपर गर्ने र कालो सूचीमा राखी कारवाही प्रक्रिया बढाउने निर्णय भएको कार्यालय प्रमुख सुमनले जानकारी दिनुभयो ।
त्यस्तै सम्झौता गरेर काम नगर्ने थप अन्य निर्माण व्यवसायी कम्पनीलाई पनि कारवाहीको दायरामा ल्याइने कार्य भइरहेको जनाइएको छ । निर्माण व्यवसायी हरिराम शाहले ठेकेदार कम्पनीको अस्वस्थ प्रतिस्पर्धा तथा बोलपत्र तल झरेर काम लिने र काम गर्न नसकेपछि सम्पर्कमा नआउने प्रवृत्तिसमेत रहेको बताउनुभयो । एकैपटक धेरै बोलपत्र लिने र आफूले गर्न नसकेपछि अरुलाई दिने पनि समस्या रहेको प्राविधिकको भनाइ रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #निर्माण व्यवसायी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्