Techie IT
आईतबार, माघ १३,२०८१

अवैध सालको काठ सहित चार जना पक्राउ


चितवन । चितवनको पदमपुरबाट अवैध सालको काठ सहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टाँडी,  प्रहरी चौकी जुटपानी र प्रहरी विट पदमपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले कालिका नगरपालिका वर्डा नम्बर १० स्थित निवुवाटार सामुदायिक वन क्षेत्रको ब्लक नम्बर ४ बाट अवैध साल जातको चिरान काठ १८ थान बोकेर ल्याउँदै गरेका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका वडा नं १० बस्ने बर्ष ५० को भिम बहादुर तामाङ, सोही ठाउँ बस्ने बर्ष ३३ को विजय तामाङ, बर्ष २६ को गोरे तामाङ, बर्ष २२ को राज कुमार तामाङ रहेका छन् । उनीहरुलाई सोमबार दिउँसो तीन बजे पक्राउ गरेर आवश्यक कारवाहीको लागी आज सव-डिभिजन वन कार्यालय जुटपानीमा बुझाइएको टाँडीका प्रहरी प्रमुख रविन कार्कीले बताए ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
6:51 am5:40 pm +0545