अवैध सालको काठ सहित चार जना पक्राउ
चितवन । चितवनको पदमपुरबाट अवैध सालको काठ सहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टाँडी, प्रहरी चौकी जुटपानी र प्रहरी विट पदमपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले कालिका नगरपालिका वर्डा नम्बर १० स्थित निवुवाटार सामुदायिक वन क्षेत्रको ब्लक नम्बर ४ बाट अवैध साल जातको चिरान काठ १८ थान बोकेर ल्याउँदै गरेका चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कालिका नगरपालिका वडा नं १० बस्ने बर्ष ५० को भिम बहादुर तामाङ, सोही ठाउँ बस्ने बर्ष ३३ को विजय तामाङ, बर्ष २६ को गोरे तामाङ, बर्ष २२ को राज कुमार तामाङ रहेका छन् । उनीहरुलाई सोमबार दिउँसो तीन बजे पक्राउ गरेर आवश्यक कारवाहीको लागी आज सव-डिभिजन वन कार्यालय जुटपानीमा बुझाइएको टाँडीका प्रहरी प्रमुख रविन कार्कीले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्