टोखा स्वास्थ्य केन्द्रमा आइसोलेसन स्थापना ,मेयर अधिकारीद्धारा उद्घाटन
काठमाडौं ।टोखा नगरपालिकामा दिनप्रतिदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या बढ्न थालेपछि संक्रमित वा शंकास्पद बिरामीलाई राख्नको लागि आइसोलेसन वार्डमा टोखा चण्डेश्वरी अस्पतालले १७ बेड क्षमताको बनाएको छ ।
टोखा नगरपालिका वडा नं-२ का अध्यक्ष दिपक राज जोशी र नगरपालिकाको संयोजकमा टोखाको समुदाय अस्पतालमा १७ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको वडा अध्यक्ष दिपक रज जोशीले जानकारी दिनुभयो।
टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले उक्त स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन सेन्टरको उद्घाटन गरेका हुन्। यथासिघ्र यसलाई १०० शैयामा पुर्याउने र अन्य वडाहरुमा पनि आइसोलेसन वार्ड निर्माण गर्दै जाने मेयर प्रकाश अधिकारीको भनाई छ ।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलको अध्यक्षतामा भएको सो सेन्टर उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल,स्वास्थ्य शाखा प्रमुख रणलाल खुलाल ,वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो।

उक्त केन्द्रमा हाल १७ आइसोलेसन बेड रहेको र आवस्यकता अनुसार थप्दै लैजान सकिने जानकारी दिदै उपप्रमुख ज्ञानमाया डंगोलले पहिलो चरणमा ३० वटा सम्मको आइसोलेसन बेड संचालन गर्ने तयारी गरिएको बताएकी छन।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा चंडेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्