तिनपिप्ले–रामघाट सडकमा गएराती पहिरो जाँदा दुई घरमा क्षति ,खानेपानी ट्याङ्की ध्वस्त
काठमाडौं । तारकेश्वर ३ को तिनपिप्ले–रामघाट सडक खण्डमा गएराती पहिरो जाँदा अन्नबाली नोक्सान हुनुका साथै खानेपानी ट्याङ्की नै बगाएको छ । खानेपानी ट्याङ्की भत्किँदा करिव ६० जनालाई खानेपानीको अभाव हुने भएको छ । पहिरोले २ घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ । घर भत्किँदा अन्नपात, लत्ताकपडा, भाँडाकुँडा पुरिएको छ । मानिसहरु त्यो घरमा नबसेका कारण मानव क्षति भने हुन पाएन ।
बिहान ४ बजेको समयमा पहिरो जाँदा पानी परिराखेको अवस्थामा करिव ५० मिटर लामो पहिरो गएको थियो । वडा नं. ३ पहेँलभित्ते निबासी तथा युवा संघका नेता पवन गजुरेलका अनुसार अरु ३ घर पनि जोखिममा रहेका छन् । १०–१५ घर रहेको वस्तीमा पहिरो गएको हो ।
तारकेश्वर नगरपालिकाले तत्कालै डोजर ल्याएर बन्द भएको बाटो खुलाउने काम भएको छ । स्थानीयहरुले पहिरो गएपछि बस्ती र बाटो तत्काल सुरक्षित गर्नुपर्ने आवाज उठाएका छन् ।
त्यस्तै वडा नं. ३ कै तिनपिप्लेमा रहेको श्री कालिका शरण माध्यमिक विद्यालय प्राङ्गणको रुख ढलेर सडक अवरुद्ध भएको छ । उक्त स्थानमा नगरपालिकाले डोजर ल्याएर बाटो खुलाउने काम गरेको छ ।



क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्ले–रामघाट सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्