धरान उपमहानगरपालिकामा सात दिन लकडाउन
उपमहानगरपालिका धरानमा बुधबार राति १२ बजेबाट लागु हुनेगरी एक साता लकडाउन हुने भएको छ ।आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्।
‘पछिल्लो समय धरानमा समुदायमै कोरोना संक्रमण फैलिएको हुनसक्ने भन्ने खबर पायौं। यसको परीक्षण गरेर एकिन गर्न एक साता लकडाउन गर्ने भनिएको हो’ उनले भनिन्, ‘जिल्ला सुरक्षा समितिले त्यहीँ सुझाव दिनुभएको छ ।’उनले जनस्वास्थ्यविद्हरुसँग छलफल गर्दा पनि उनीहरूले एक साता लकडाउन गरेर परिस्थिति अनुसार अघि बढ्न सुझाएको बताइन् । योसँगै आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ। उपमेयर सुवेदीले समुदायमा संक्रमण फैलिएको यकिन गर्न ५ सय बढीको परीक्षण गर्ने तयारी रहेको जनाइन् । ‘उक्त परीक्षण गरेपछि कस्तो नतिजा आउँछ अनि त्यही अनुसार लकडाउन थप्ने वा हटाउने निर्णय हुन्छ,’ उनले भनिन् ।
पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ । जसका कारण संक्रमण समुदायमै फैलिएको हो कि भन्ने अनुमान गरिएको हो।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्