फेरी होला त लकडाउन ? यस्तो छ सरकारको तयारी

पछिल्लो समय उपत्यकामा दैनिक ५० जना हाराहारीमा संक्रमित देखिन थालेपछि काठमाण्डु उपत्यकामा फेरि लकडाउन गर्ने कि भन्नेबारे छलफल सुरु भएको छ ।
सरकारले गत ११ चैतदेखि घोषणा गरेको लकडाउन साउनको ६ बाट अन्त्य भएको थियो । हाल बजार, छोटो दूरीका सार्वजनिक यातायात, उद्योग, कलकारखाना र सरकारी कार्यालय , होटेल रेस्टुरेन्ट खुलेका छन् ।लकडाउन खुलेपछि मानिसहरु दैनिक काममा जाने, सवारी साधनको प्रयोग धेरै भएको त्यसबाट संक्रमण झन बढन सक्ने भएको आंकलन गरिएको छ।
महामारीको जोखिम समुदायस्तरमा देखिन थालेपछि थप कडाईका साथ लकडाउनलाई उच्च संक्रमित क्षेत्रमा मात्र अथवा कहाँ कस्तो किसिम लकडाउन फेरि गर्ने भन्नेबारे सुझावहरु पनि आउन थालेको प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका एक मन्त्रीले बताएका छन।
गृह मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै रातिको समयमा हुने काठमाण्डु प्रवेशमा रोक लगाइएको जनाएको थियो । हाल उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा पीसीआर परीक्षण थालिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्