Techie IT
सोमबार, चैत्र १०,२०८१

नेपालटारबाट विष्फोटक पदार्थ सहित युवा पक्राउ


३१ जेठ, काठमाडौं । आज बिहान करिव ८ बजेको समयमा ललितपुर प्रहरिले नेकपा विप्लवका एक कार्यकर्ताको कोठाबाट विष्फोटक पदार्थ बरामद गरेको छ ।

नेकपा ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यबाट ग्रिनेड, बिस्फोटक पदार्थ, बम बनाउने सामग्रीसहित भारी परिमाणमा सामानहरु बरामद भएको छ ।

स्थानीयबासीहरुका अनुसार बिहान ७ः३० को समयमा प्रहरिले अपरेसन गर्दा बम सहितका सामान भेटिएको बुझिएको छ ।

तारकेश्वर नगरपालिका वडा नं. ११ को नेपालटार स्थित सानु काजी केसीको उक्त घरमा डेरा लिई स्वयम्भू सानो भर्याङ्ग एरियामा बस्दै आएका बज्राचार्यले डेरालाई हतियार जम्मा गरेर राख्ने गरेको बुझिन्छ ।

उनलाई हिजो बिहान साढे एघार बजे पाटन मंगलबजारबाट समातिएको थियो । उनैले देखाएबमोजिम आज छापा मार्दा त्यति सामान बरामद भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपालटार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
6:01 am6:18 pm +0545