बैतडी र दार्चुलामा फौजी किराको प्रकोप

२०७७ जेठ २८ गते
बैतडी र दार्चुलाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । दुई जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोपका रूपमा देखापरेको हो । फौजी किराले मकैबाली सखाप पारेको किसानले बताएका छन् । फौजी किराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् । दोगडाकेदार गाउँपालिकाका नरेन्द्र विष्टका अनुसार दोगडाकेदार गाउँपालिका–१ को रिम, गोरङ र वडा नं ६ को सित्तडलगायत बस्तीमा मकै नउम्रिने र उम्रेको बोटमा समेत किराको प्रकोप देखिएको छ ।
जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौजी किराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए । मकै भित्र्याएर रोपाइँ गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका र ती ठाउँका मकैबालीमा फौजी किराको प्रकोप देखिएको हो । फौजी किराको प्रकोप देखिएका ठाउँमा मकैबाली सखाप हुँदै गएको छ ।
पुर्चौडी नगरपालिका–२ महादेवस्थानको जर्सौटोलमा रहेका ६० परिवारको खेतमा लगाएको मकैबाली दुई हप्तादेखि अज्ञात किराले नष्ट गरिरहेको स्थानीय डम्मरराज पन्तले जानकारी दिनुभयो । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडका स्थानीय राजेशसिंह विष्टले भन्नुभयो, “गत वैशाखमा खेतमा मकै लगाएका हौँ, खेतमा लगाएको मकै गोड्न जाँदा मकैका बोटमा ठाउँठाउँमा प्वालहरु छन् । यसपालि उम्रिनै लागेको मकैबालीमा किरा लागेपछि सोचेजस्तो बाली भित्र्याउन सकिएलाजस्तो छैन ।” गोकुलेश्वरलगायत क्षेत्रमा किराले मकैबाली सखाप पार्न थालेको भन्दै किसानले प्राविधिक सहयोगका लागि अपिल गरेका छन् ।
खेतमा छरेको मकै नउम्रिँदा विभिन्न बस्तीका किसान खेतमा दोस्रो चोटी मकै लगाउन थालेका छन् । वैशाख अन्तिम साताबाट देखिएको किराको प्रकोपले मकैबाली नष्ट भएपछि किसान मारमा परेका हुन् । गोड्ने समयमा मकैको गुबोभित्र पसेर गुबो, पात खानाले सुक्ने, पहेँलो भएर नष्ट हुन थालेपछि चिन्तित बनाएको हो ।
किराले गुबो खाएपछि मकै फस्टाउन पाएको छैन । बर्खेमकैमा फौजी किराले पातै नआउने गरी मकैको गुबो सखाप बनाएपछि मकै भित्र्याउने आशा मरेको गोकुलेश्वरका किसान गङ्गादत्त जोशीले बताउनुभयो । पहाडी क्षेत्रको मुख्य खाद्यान्नका रूपमा लगाएको मकैमा रातारात फौजी किराको प्रकोप बढेपछि किसान निरास छन् ।
किराको प्रकोपले एकपछि अर्को गर्दै बाली सखाप पार्न थालेपछि किसानलाई खाद्यान्न अभावको चिन्ताले सताएको हो । लकडाउनले किटनाशक औषधि लिनसमेत समस्या भएपछि किसान झन् समस्यामा छन् । मकैबाली बैतडीको मुख्य खाद्यबाली भए पनि फौजी किराको प्रकोपले यसको उत्पादनमा असर पार्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । मकैमा फौजी किराको प्रकोप देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #फौजी किरा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्