कोरोना सङ्क्रमितको संख्या ८ सय ८६ पुग्यो
काठमाण्डौ – आज एकै दिन एक सय १४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या आठ सय ८६ पुगेको छ । विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १सय १४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा १७ जना, हेतौन्दा को किटजन्य प्रयोगशालामा गरिएको परीक्षणमा ८ जना, पोखरा प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी टेकुमा रहेको रास्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म जम्मा ४७ जिल्लामा सङ्क्रमण फैलिएको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्