हिसान तारकेश्वरको तेस्रो भलिबल प्रतियोगिता माघ २८ र २९ गते
काठमाडौं । हिसान तारकेश्वरको आयोजनामा तेस्रो भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता माघ २८ र २९ गते तारकेश्वर–१० स्थित एन्जल्स हार्ट माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ। इसिए प्रमुख राजेश रायमाझीले पत्रकार सम्मेलनमार्फत खेल कार्यक्रमको जानकारी दिएका हुन्।
प्रतियोगितामा तारकेश्वर हिसानमा आबद्ध विद्यालयहरूबाट कक्षा ११ र १२ मा अध्ययनरत छात्र र छात्रा गरी ९/९ टिमको सहभागिता रहनेछ।
कक्षा ११ र १२ विद्यालय तह भए पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि तारकेश्वर हिसानले छाता संगठनको रूपमा पाठ्यक्रमसँगै विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको अध्यक्ष लिलबहादुर पुनले बताए।
प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरस्कारसहित ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमले नगद, ट्रफी, सिल्भर मेडल र प्रमाणपत्र पाउनेछ भने तेस्रो वा सान्त्वना स्थान हासिल गर्ने टिमले ट्रफी, ब्रोनज मेडल र प्रमाणपत्र पाउनेछ। साथै बेस्ट स्पाइकर, बेस्ट ब्लकर र बेस्ट प्लेयरलाई गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब एक लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
क्याटेगोरी : खेलकुद
ट्याग : #हिसान तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्