प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक, पहिलोपटक सबै खेल काठमाडौंबाहिर
काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताका खेलहरु लुम्बिनी प्रदेश ३ मैदानमा हुनेछ ।
खेलहरु दाङको लमही क्रिकेट मैदान, रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ । पहिलो पटक प्रधानमन्त्री कपका सबै खेल काठमाडौआहिर हुन लागेको हो ।
गत संस्करणको प्रधानमन्त्री कपका केही खेल रुपन्देहीमा भएका थिए। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् । प्रतियोगिता फागुन २५ देखि चैत १६ गतेसम्म चल्नेछ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #पहिलोपटक सबै खेल काठमाडौंबाहिर, #प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्