एलिट कप: पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, गुल्शनले लिए ५ विकेट
काठमाडौं, पुस २४ गते । जय ट्रफी एलिट कप अन्तरगत जारी खेलमा नेपाल पुलिस क्लबविरुद्ध मधेश प्रदेश पहिलो इनिङमा १२९ रनमा समेटिएको छ ।
पुलिसका गुल्शन झाले ५ विकेट लिएपछि मधेश सस्तोमा समेटिएको हो ।
मधेसका ओपनर मयन यादवले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाए पनि अन्य ब्याटरहरु चल्न सकेनन् ।
मयनले १०२ बलमा २ छक्का र ५ चौकासहित ५९ रन जोडेर आउट भए । नीरज यादवले २९ र अभिषेक शर्माले अविजित १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
गुल्शनले १३ ओभरमा ४० रन खर्चिएर ५ विकेट लिए । दुई विकेट कुशल भुर्तेलको नाममा रह्यो भने ललित राजवंशी र श्रवण यादवले एक–एक विकेट बाँडे । ललितले १५।४ ओभर बलिङ गर्दा २२ रन मात्रै खर्चिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एलिट कप: पुलिसले मधेसलाई १२९ रनमै रोक्यो, #गुल्शनले लिए ५ विकेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्