तेक्वान्दो लिग – शुभम र सोनाम विजयी
काठमाडौँ, पुस २१ गते । काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका छन् ।
टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका–५ को कार्यालयमा शुक्रवार सुरु भएको तेक्वान्दो लिगमा शुभम जंगले पुरुष र सोनामले महिला फाइटमा स्वर्ण पदक जितेका हुन् ।
शुभमले ४६ देखि ५० केजी तौलसमूहको फाइनलमा काठमाडौंका करण डोलीलाई हराए । यो तौलमा नुवाकोटका रोमन खत्री र काठमाडौंका स्विकार रजकले कांस्य पदक जिते ।
सोनामले महिला ४० देखि ४३ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी हुन् । उनले फाइनलमा नुवाकोटकी निर्मला तामाङलाई हराइन् । काठमाडौंंका सम्पदा सिवाकोटी र स्भियुक्ता संयुक्त रूपमा कांस्य पदक प्राप्त गरे ।
काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले प्रतियोगिताको उद्घाटन गरे । लिगमा महिला र पुरुषमा समान ५ गरी १० तौलसमूहमा प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछन् ।
महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा प्रतिस्पर्धा हुनेछ छ । करिब ३ सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए ।
काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा जारी प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० अंक, ७ अंक र ३ अंक प्रदान गरिनेछ ।
प्रत्येक तौल समूहका पदक विजेतालाई अर्को लिगमा खाना, आवास र यातायातको सुविधा प्रदान गरिने बताइएको छ।
३/३ महिनाको अवधिमा सञ्चालन गर्ने गरी सुरुआत गरिएको लिगको तेस्रो संस्करण फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण भदौमा स्युचाटारस्थित नागर्जुन कभर्डहलमा भएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #तेक्वान्दो लिग – शुभम र सोनाम विजयी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्