एनएनआईपीए स्पोर्ट अवार्ड २०८१ सम्पन्न, एरिका र विजय सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित
काठमाडौँ, पुस २१ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अवार्डमा महिलातर्फ एरिका गुरुङ र पुरुषतर्फ विजय सिञ्जाली सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनीहरूलाई जनही १–१ लाख रूपैयाँसहित सम्मान गरिएको हो ।
त्यस्तै अश्विन रावत प्रतिभाशाली खेलाडी (पुरुष) र प्रतिभाशाली खेलाडी (महिला) मनमती विष्टलाई प्रदान गरिएको छ । उनीहरूलाई जनही ५०–५० हजार सहित सम्मान गरिएको हो ।
पारा एथलेटिक्स तर्फ पलेशा गोवर्धन र गजराज आदर्श व्यक्तित्व अवार्ड रघुराज वन्तलाई प्रदान गरिएको छ । यसका साथै १९ औं एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिएको छ । मनमैजुमा आयोजना गरिएको एक कार्यक्रमका बिच २९ खेलाडीलाई जनही १० हजार रूपैयाँ र ट्रफी सहित सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ रहेका थिए । त्यस्तै अतिथिहरुमा कार्यक्रमको होस्ट तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन, बनेपा नगरपालिकाको नगर प्रमुख शान्तिरत्न शाक्य, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट लगायतले खेलाडीहरुलाई अवार्ड र नगद प्रदान गरेर सम्मान गरेका थिए ।
कार्यक्रममा हाँस्य कलाकार सन्दीप क्षेत्रीले मनोरन्जन प्रदान गरेका थिए । मनमैजुको चर्चित सामुहिक धिमेनाच लगायत नेवारी नाच तथा गायनहरु प्रस्तुत गरिएको थियो । २०८१ को उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम बनेपा नगरपालिकाले गर्ने जनाएको छ ।

सम्मान पाउने राष्ट्रिय खेलाडीहरुमाः
– आर्चरी : योगेन्द्र शेरचन
– एथलेटिक्स : सन्तोषी श्रेष्ठ
– ब्याडमिन्टन : प्रिन्स दाहाल
– बास्केटबल : विजय पुर्जा
– बक्सिङ : चन्द्रबहादुर थापा
– क्यानोइङ : गणेश गुरुङ
– क्रिकेट : कुशल मल्ल
– साइक्लिङ : उषा खनाल
– डान्स स्पोर्ट्स : श्याम महर्जन
– ई–स्पोर्ट्स : साहस भण्डारी
– फेन्सिङ : राजेन्द्र गजुरेल
– फुटबल : प्रीति राई
– गल्फ : सद्भाव आचार्य
– ह्यान्ड बल : संगीता चौधरी
– जुडो : विकास विक
– कबड्डी : मनमती विष्ट
– कराते : एरिका गुरुङ
– रग्बी : पूजन फेवाली
– सुटिङ : विपेश खड्का
– स्क्वास : स्वस्थानी श्रेष्ठ
– पौडी : एलेक्सान्डर जी शांह
– टेबल टेनिस : ईभाना थापा
– तेक्वान्दो : अस्मिन राउत
– टेनिस : निसान श्रेष्ठ
– ट्राइलाथोन : शेर्पी महर्जन
– भलिबल : निरुता ठगुन्ना
– भारोत्तोलन : विद्या राई
– रेस्लिङ : सुरेश चुनारा
– वुसु : विजय सिंजाली



क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #एनएनआईपीए स्पोर्ट अवार्ड २०८१ सम्पन्न, #एरिका र विजय सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्