एलिट कपका लागि पुलिसको टोली घोषणा, आरिफले कप्तानी गर्ने
काठमाडौं । नेपाल पुलिस क्लबले आउँदो सातादेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ ।
पुलिसले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइटिएल टी(२० खेल्न गएपछि पुलिसको कप्तानी आरिफले गर्न लागेका हुन् ।
क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा जय ट्रफी हुँदैछ ।
जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली९नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश० को सहभागिता रहने छ ।
प्रतियोगितामा गत फेब्रुअरीमा भएको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष ४ मा परेका टोली सहभागी हुनेछन् ।
नेपाल पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, मधेस प्रदेश र बागमती प्रदेशले डे क्रिकेटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा सबै टोलीले एक अर्कासँग एक९एक खेल खेल्नेछन् । त्यसपछि शीर्ष शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन् ।
पुलिसको टोली
आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सरेला ।
क्याटेगोरी : खेलकुद
ट्याग : #आरिफले कप्तानी गर्ने, #एलिट कपका लागि पुलिसको टोली घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्