चेल्सीलाई इपस्विच टाउनको झट्का
काठमाडौँ, पुस १६ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दावेदार टोली चेल्सीलाई इपस्विच टाउनको नमिठो झट्का लागेको छ ।
लिग अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी इपस्विच टाउनसँग उसैको मैदानमा २–० गोलले पराजित भयो । इपस्विचको जितमा लिआम डेलापल १२औँ र ओमारी हटचिन्सनले ५३औँ मिनेटमा गोल गर्नुभयो । चेल्सीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।
हारसँगै चेल्सीले शीर्षटोली लिभरपुलसँग अङ्क दूरी घटाउने मौका गुमाउनुका साथै दोस्रो स्थानमा ओगट्ने अवसरबाट पनि वञ्चित रह्यो । १९ खेलबाट ३४ अङ्क बनाएको चेल्सी चौथो स्थानमा छ ।
शीर्षस्थानमा रहेको लिभरपुलको ४५ अङ्क छ । चेल्सीलाई हराएको इपस्विच १५ अङ्कसहित १८औँ स्थानमा छ । इपस्विच रेलिगेसनको डरबाट मुक्त हुन सकेको छैन । सोमबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड न्युक्यासल युनाइटेडसँग २–० गोलले पराजित भयो ।
युनाइटेडलाई उसैको मैदानमा हराउन न्युक्यासलका अलेकजेन्डर इसाकले चौथो र जोलिन्टनले १९औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै ३२ अङ्क बनाएको न्युक्यासल पाँचौँ स्थानमा उक्लिएको छ ।
पराजित युनाइटेड २२ अङ्कसहित १४औँ स्थानमा छ । युनाइटेड अझै रेलिगेसनको डरबाट मुक्त हुन सकेको छैन ।
क्याटेगोरी : खेलकुद
ट्याग : #चेल्सीलाई इपस्विच टाउनको झट्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्