डब्लुटिसी फाइनलका लागि ३ टोली दौडमा
काठमाडौं ,पुस १५ गते । इङ्ग्ल्याण्डमा अर्को वर्ष आयोजना हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा दक्षिण अफ्रिकाले स्थान सुरक्षित गरिसकेको छ।
फाइनल पुग्ने अर्को टोलीका लागि ३ देशको प्रतिस्पर्धा रहेको छ । डब्लुटिसी सन् २०२५ को जुन ११ देखि १५ तारिख सम्म हुनेछ।
मेलवर्न क्रिकेट स्टेडियममा सोमवार सकिएको टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेसँगै फाइनलमा स्थान बनाउन टोलीहरुलाई थप सहजता मिलेको छ ।
यस्तो छ वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा छनोट हुने बाटो
दक्षिण अफ्रिका शनिवार पाकिस्तानलाई पराजित गर्दै डब्लुटिसीको फाइनलमा पुगेको छ । अब फाइनल पुग्ने अर्को टोलीका लागि भारत, अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा रहेको छ ।
१) अस्ट्रेलिया

अस्ट्रेलियाले शुक्रवार भारतविरुद्ध सुरु हुने सिड्नी टेस्ट जितेमा फाइनलका लागि छनोट हुनेछ । सिड्नी टेस्ट बराबरीमा सकिएमा अस्ट्रेलियाले अर्को महिना श्रीलंकाविरुद्ध हुने दुई खेलको टेस्ट सिरिजमा कम्तिमा एक खेल जित्नुपर्ने हुन्छ ।
२) भारत

भारतका लागि फाइनल छनोटको आशा कायमै राख्न सिड्नी टेस्टमा जित आवश्यक छ । सिड्नी टेस्ट जितेर मात्र भारत फाइनलका लागि छनोट हुँदैन । उसको फाइनल सम्भावना जीवितै राख्न श्रीलंकाले अस्ट्रेलियाविरुद्धको टेस्टमा कम्तिमा एक खेल बराबरी खेल्नु पर्ने हुन्छ ।
३) श्रीलंका

श्रीलंकालाई डब्लुटिसीको फाइनलमा छनोटका लागि भारत र अस्ट्रेलियाबिचको सिड्नी टेस्ट बराबरीमा सकिनु पर्नेछ । त्यसपछि अस्ट्रेलियासँग हुने दुवै टेस्ट जितेमा श्रीलंका डब्लुटिसीको फाइनल पुग्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #डब्लुटिसी फाइनलका लागि ३ टोली दौडमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्