सिद्धार्थलाई चौथो पटक रनिङ शिल्ड
फेदीखोला गाउँपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ उपाधि सिद्धार्थ माध्यमिक विद्यालयले उचालेको छ ।
सिद्धार्थले १४ स्वर्ण, सात, रजत र चार काँस्य गरी ६० अङ्कसहित चौथो पटक रनिङ शिल्ड जितेको हो । सात स्वर्ण, सात रजत र पाँच काँस्य गरी ४० अङ्क प्राप्त गर्दै दामगाडे माध्यमिक विद्यालय दोस्रो बनेको हो ।
कालाभैरव माविले तीन स्वर्ण, तीन रजत र दुई काँस्य पदक ल्याउँदै तेस्रो स्थान हासिल गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी समीर सुनार, अभिषेक गुरुङ र युनिस गुरुङ पुरस्कृत भएका थिए । मार्च पास अन्तर्गत चण्डीडाँडा माविले उत्कृष्ट स्थान हासिल गरेको थियो ।
तीन दिनसम्म चलेको प्रतियोगितामा छात्र र छात्राहरूले १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर दौड, रिले, कपर्दी, भलिबल, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सट पुट र ज्याभ्लिन थ्रोमा खेलाडी सहभागी भएका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #सिद्धार्थलाई चौथो पटक रनिङ शिल्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्