यो वर्षको अन्तिम खेलमा अग्रता बलियो बनाउने लिभरपुललाई मौका
हेटौंडा । इंग्लिस प्रिमियर लिग ९इपिएल०को सन् २०२४ को अन्तिम भिडन्तमा लिग लिडर लिभरपुलले आज राति वेस्टह्यामको आतिथ्यता गर्दै छ । नेपाली समय अनुसार रातको ११ बजे हुने खेलमा वेस्टह्यामले लिग लिडर लिभरपुललाई आफ्नै रङ्गशालामा निम्तो दिँदैछ ।
आजको खेल रोमान्चक हुने अपेक्षा गरिएको छ । सालको अन्तिम खेल खेल्दै गर्दा लिभरपुलको लक्ष्य अङ्क तालिकालाई थप मजबुत बनाउनेछ भने वेस्टह्याम पनि कम्तिमा टप १० मा रहेर सन् २०२४ लाई विदा गर्ने अभियानमा हुनेछ ।
तालिकामा लिभरपुलको मजबुत पकड छ । दोस्रो स्थानको आर्सनल भन्दा एक खेल कम खेलेर पनि लिभरपुल ६ अङ्कले अघि छ । अब उसको लक्ष्य समान खेलबाट अग्रता ९ अङ्कमा लैजाने हुनेछ । यता घरेलु टोली वेस्टह्याम आजको खेल जितेमा कम्तिमा १० औं स्थानमा बढुवा हुनेछ ।
लिग अन्तरगत आजै खराब लय समतेको म्यान्चेस्टर सिटी र रेलिगेसन जोनमा रहेको लेस्टर सिटी आमनेसामने हुँदैछ्न् । लेस्टरको घरेलु मैदान किङ्स पावर रङ्गशालामा हुने खेलपनि रोमान्चक हुने अपेक्षा गरिएको छ ।
हाल सातौं स्थानमा रहेको सिटीले पछिल्लो ९ खेलमा बेहोरेको निराशाजनक नतिजालाई उल्टयाउने तयारीको साथ मैदानमा ओर्लदा घरेलु मैदानमा जित निकाल्दै रेलिगेसन जोन छाड्ने दमदार तयारीको साथ लेस्टर मैदानमा देखिनेछ्न् ।
आजै नटिङ्गम फरेस्टले एभर्टनको सामना गर्दैछ । आजको खेल जितेमा फरेस्ट कम्तीमा केही समयको लागि दोस्रो स्थानमा पुग्ने छ भने एभर्टनको पक्षमा नतिजा आए उसलाई रेलिगेसनको दबाब कम हुनेछ ।
लिग अन्तरगत आजै उल्भ्स र टोटनह्याम्पको खेल हुँदैछ । गएको हप्ताबाट मात्र रेलिगेसन जोन छाडेको उल्भ्सको लागि आजको जित आफ्नो माथिल्लो स्थान मजबुत बनाउने कसि हुनेछ भने टोटनह्याम्प पनि टप टेनमा पर्ने गरि मैदानमा ओर्लदै छ ।
आजै हुने अर्को खेलमा फुलहम र बर्नमाउथबिच कडा प्रतिस्पर्धा हुँदैछ । बर्नमाउथ र फुलहम दुबै कम्तिमा पाचौं स्थानमा पुग्नेगरि खेल्दैछ्न् । आज हुने अर्को खेलमा तालिकाको अन्तिममा रहेको साउथह्याम्पन्टनले क्रिष्टल प्यालेको सामना गर्दैछ । सिजनको दोश्रो जितको लक्ष सहित साउथह्याम्पन्टन मैदानमा देखा पर्दा प्यालेस रेलिगेसन जोन भन्दा कम्तिमा तीन स्थान माथि जान चाहन्छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #यो वर्षको अन्तिम खेलमा अग्रता बलियो बनाउने लिभरपुललाई मौका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्