एनपिएल : जनकपुर टस जितेर फिल्डिङ गर्दै
काठमाडौँ, पुस ४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को दोसो क्वालिफायर खेलमा अहिले कर्णाली याक्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हँदैछ ।
कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा अनिल शाहको कप्तानीमा रहेको जनकपुरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले पहिला ब्याटिङ गर्दैछ ।
फाइनल प्रवेशका लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि पाएको यो दोस्रो अवसर हो ।
सुदूरपश्चिमले फाइनलमा स्थान बनाईसकेको छ । यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
यस खेलको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ । पराजित टोली तेस्रो बन्दै बाहिरिनेछ । यसअघि लिगचरणको खेलमा कर्णाली जनकपुरसँग आठ विकेटले पराजित भएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपिएल : जनकपुर टस जितेर फिल्डिङ गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्