रोहित पौडेलको उच्च स्कोरलाई बोपाराले उछिने, एनपीएलमा तेस्रो अर्धशतक
काठमाडौं । चितवन राइनोजका ब्याटर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको उच्च स्कोरलाई उछिन्दै उनी पहिलो स्थानमा उक्लिएका हुन् ।
रोहितको लुम्बिनी लिग चरणबाटै आउट भइसकेको छ । सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा पहिलो नम्बरमा रहेका रोहितले २७९ रन जोडेका थिए भने दोस्रो स्थानमा रहेका बोपाराको २३३ रन थियो । रोहितलाई उछिन्न बोपारालाई ४७ रन आवश्यक थियो ।
अहिले जारी इलिमिनेटरमा कर्णाली याक्सविरुद्ध अर्धसतक प्रहार गर्दै बोपाराले रोहितलाई पछि पारे । बोपारा ३४ बलमा ५३ रन बनाएर आउट भए । उनले ४ छक्का र ३ चौका प्रहार थिए । नन्दन यादवको बलमा ठूलो सट खेल्दा गुल्सन झाले उत्कृष्ट क्याच लिँदै बाेपारालाई पेभेलियन फर्काए ।
कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवन हारको संघारमा पुगेकाे छ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपीएलमा तेस्रो अर्धशतक, #रोहित पौडेलको उच्च स्कोरलाई बोपाराले उछिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्