विदेशी ब्याटरहरु चम्किँदा कर्णालीले बनायो १७५ रनको विशाल स्कोर
काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो । कर्णालीका दुई ब्याटरले अर्धशतक प्रहार गरे ।
ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतक पुरा गरे ।
जयकिशन ४३ र विलियम ५२ रनमा बनाएर आउट भए । रित गौतम ०, जिसन मक्सदु १४, देव खनाल ३ र गुल्सन झा ० रनमा आउट भए ।
चाडविक वाल्टन ४६ रनमा अविजित रहे । विलियमले जयकिशनसँग मिलेर ५९ र चाडविकसँग मिलेर ६७ रनको साझेदारी गरेका थिए ।
बलिङमा सोहिल ले २, शरद भेषावकर, कप्तान कुशल मल्ल र रवि बोपाराले एकएक विकेट लिए । यो खेलमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #विदेशी ब्याटरहरु चम्किँदा कर्णालीले बनायो १७५ रनको विशाल स्कोर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्