एनपीएलः प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने, कसलाई कति ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हाल जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट हुने टीमहरुले पाउने नगद पुरस्कारको औपचारिक घोषणा गरेको छ । क्यानका अनुसार विजेता सहित प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउनेछन् ।
आज विज्ञप्ति जारी गर्दै क्यानले विजेता टिमलाई १ करोड १० लाख रुपैयाँ दिइने जनाएको छ । यस्तै, उपविजेताले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टिमलाई २५ लाख र चौंथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।
एनपीएलको प्लेअफमा जनकपुर बोल्ट्स, सुदुरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोजले स्थान बनाएका छन् । प्रत्येक टिमको कम्तिमा १५ लाख पुरस्कार निश्चित भएको छ ।

क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपीएलः प्लेअफमा पुगेका चारवटै टिमले नगद पुरस्कार पाउने, #कसलाई कति ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्