महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो
काठमाडौं । यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको छ । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा भेट्टाएको हो ।
नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् । बलिङमा पनि उनले दुई विकेट लिइन् ।
पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ५ विकेट क्षतिमा १०४ रन जोडेको थियो । पाकिस्तानका लागि ओपनर कोमल खानले सर्वाधिक ३८ रन र महम अनिसले २९ रन बनाइन् । नेपालकी पूजा महतोले ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिइन् ।
यस्तै रचना कुमारी चौधरीले ४ ओभरमा ११ रन खर्चेर १ विकेट, रिया शर्माले ४ ओभरमा ११ रन खर्चेर एक विकेट र सिमाना केसीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रेको नेपालले पहिलो विकेटका लागि २३ रनको साझेदारी गरेको थियो । नेपालकी ओपनर सावित्री धामी ८ रनमा आउट भइन् भने साना प्रविन १० रनमा रनआउट भइन् ।
त्यसपछि पूजा र उपकप्तान सोनी पाख्रिनले नेपालको स्कोर अगाडि बढाएका थिए । यी दुईले ३१ रनको साझेदारी गर्दै नेपाललाई ५९ रनसम्म पुर्याए । सोनी १३ रनमा रनआउट भइन् ।पाँचौं नम्बरमा आएकी ज्योत्सिना मरासिनीले खाता खोल्न सकिनन् ।
६६ रनमा चार विकेट गुमाएपछि पाँचौं विकेटका लागि पूजा र सिमाना केसीबीच अविजित साझेदारी भयो । उनीहरुले नेपाललाई जितसम्म दोहोर्याए । पूजाले ४७ बलमा ४७ रन तथा सिमानाले १२ बलमा १२ रन बनाए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्