किशोर महतोले लिए ४ विकेट, जनकपुरविरुद्ध १२३ रनमै रोकियो सुदूरपश्चिम
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्ससामु १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिए । उनी र सैफ अली जैबसँग पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । सैफ २१ बलमा २१ रनमा आउट भएका थिए ।
त्यसपछि ठूलो साझेदारी हुन नसक्दा सुदूरपश्चिम सस्तोमै रोकिएको हो । सुदूरपश्चिमका हर्मित सिंह १, ब्रान्डन म्याकमुलेन ११, स्कट कुगेलेइन आरिफ शेख ६, नरेन साउद ३, कप्तान दीपेन्द्रसिंह ऐरी ०, इशान पाण्डे १७ रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढाएर ९ रनमा अविजित रहे ।
बलिङमा नेपाली बलर हाबी भए । नेपालका किशोर महत्तोले ४, अरनिको यादव र शेर मल्लले २–२ विकेट लिए । क्यानडाका हर्ष थाकरले एक विकेट लिए । ४ ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चेर विकेट लिए ।
जनकपुरले यो खेलमा जित निकाले २ खेल अगावै प्लेअफमा स्थान सुनिश्चित गर्नेछ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #किशोर महतोले लिए ४ विकेट, #जनकपुरविरुद्ध १२३ रनमै रोकियो सुदूरपश्चिम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्