लुम्बिनीविरुद्ध पोखराको १० विकेटको जित, १७१ रनको लक्ष्य सहजै पछ्यायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ ।
सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो । टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो ।
पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपिएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।
क्याटेगोरी : खेलकुद
ट्याग : #१७१ रनको लक्ष्य सहजै पछ्यायो, #breaking, #लुम्बिनीविरुद्ध पोखराको १० विकेटको जित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्