रोहितको विस्फोटक ब्याटिङमा पोरखारालाई लुम्बिनीले दियो १७१ रनको लक्ष्य
काठमाडौँ, मङ्सिर २१ गते । कप्तान रोहित पौडेलको विस्फोटक ब्याटिङ गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनायो । लुम्बिनीका लागि कप्तान रोहितले अविजित ९५ रन बनाउनुभयो । उहाँले ५९ बलमा १०चौका र चारछक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । टोम मूर्सले ४५ रन बनाउनुभयो । उहाँले ३८ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । सन्दीप जोराले १८ रन जोड्नुभयो ।
बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिनुभयो । म्याट क्रिच्ट्लीले एक विकेट लिनुभयो । लुम्बिनी लिगमा दोस्रो र पोखरा तेस्रो खेल खेलिरहेको छ । यसअघि लुम्बिनी पहिलो खेलमा विराटनगर किङ्ग्ससँग पराजित भएको थियो । पोखराले यसअघि चितवन राइनोज र जनकपुर बोल्ट्ससँग हार खेपेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #रोहितको विस्फोटक ब्याटिङमा पोरखारालाई लुम्बिनीले दियो १७१ रनको लक्ष्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्