दीपेन्द्रको आक्रामक अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
१८ मंसिर, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।
दीपेन्द्रले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार फिनिसिङ गरे । उनले १९.५ ओभरमा प्रतिश जिसीलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । अन्तिम बलमा पनि छक्का हानेपछि दीपेन्द्रले २४ बलमा अविजित ५७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे । उनले बाउन्ड्रीबाट ४२ रन जोडेका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।
विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक/एक विकेट लिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #दीपेन्द्रको आक्रामक अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्