शुक्रबार र शनिबार हिसान तारकेश्वरकाे फुट्सल प्रतियाेगिता आयाेजना हुँदै, संयाेजक प्रारम्भ वर्ल्ड
काठमाडाैं । हिसान तारकेश्वरको आयोजनामा फुटसल आयोजना हुन लागेको छ । फुटसल ७ गते शुक्रबार र ८ गते शनिबारको दिन प्रारम्भ वल्र्ड स्कुलको फुट्सल मैदानमा सम्पन्न हुनेछ ।
तारकेश्वर स्थित प्रारम्भ वल्र्ड स्कुलको संयोजनमा तारकेश्वरमा प्लस टु सञ्चालित विद्यालयहरुको संलग्नतामा फुटसल प्रतियोगिता आयोजना हुन लागेको बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यस बर्षको फुटसल प्रतियोगितामा तारकेश्वर नगरपालिका अन्तरगत सञ्चालनमा रहेका ८ ओटा प्लस टु स्तरीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बीच प्रतिष्पर्धामा हुनेछ ।
प्रतियोगितामा ब्वायज तर्फ ८ टिम र गल्र्स तर्फ ६ टिम सहभागि हुँदैछन् ।
फुट्सल प्रतियोगितामा प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, सृजना ज्ञानसागर स्कुल, कौशल ईङ्गिलस स्कुल, लालिगुराँस नेशनल एकेडेमी, हिमरश्मी हाई स्कुल, सेक्रेट हार्ट स्कुल, एन्जल हार्ट स्कुल र ल्याण्डमार्क एकेडेमी सहभागि हुँदैछन् ।
प्रे विज्ञप्ति मार्फत फुट्सल आयोजना गर्नुको उद्देश्य विद्यालय शिक्षामा विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने रहेको बताइएको छ ।
‘हिसान तारकेश्वर फुटसल प्रतियोगिता–२०८१’ को लागि लागत १ लाख ५० हजार अनुमान गरिएको छ भने टिम दर्ता शुल्क मार्फत ५८ हजार रुपियाँ श्रोत व्यवस्थापन हुने थप रकम खेल संयोजक विद्यालय प्रारम्भ वल्र्ड स्कुलले व्यहोर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनले खेलमा सहभागि विद्यार्थीले सिकाईलाई मुख्य पहिलो प्राथमिकतामा राखेर मैत्रीपूर्ण तवरले नियमहरु पूर्ण रुपमा अवलम्बन गरेर खेलमा सहभागि हुनुपर्नेमा जोड दिनुभयो ।
फुटसल संयोजक विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले विद्यार्थीलाई पाठ्यक्रम र अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासलाई विशेष महत्व दिँदै आएको बताउनुभयो । सोहीबमोजिम आफूहरुले समय–समयमा यस किसिमका गतिविधिहरु नियमित रुपमा आयोजना गर्दै आइरहेको ऊहाँले बताउनुभयो ।
साथै विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासको माध्यमबाट विद्यार्थीलाई रचनात्मक बनाउँदै प्रतिष्पर्धी क्षमता विकासका लागि तयार पार्ने उद्देश्य अनुरुप आफूहरुले निरन्तर पहल गर्दै आएको ज्ञवालीले बताउनुभयो ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्