नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, नेपालको सुपर आठ सम्भावना कायम
अमेरिका (फ्रलोरिडा) जेठ ३० गते । आइसिसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्ध भएको छ ।
फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहानका लागि तय भएको खेल लगातार भारी वर्षाका कारण रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलङ्काले एक एक अङ्क बाँडेका छन् ।
नेपालसँगको खेल रद्ध भएसँगै सन् २०१४ को विजेता श्रीलङ्का जारी विश्वकपबाट बाहिरिएको छ । यस नतिजाले समूहमा पहिलो अङ्क बनाएको नेपालको सुपर आठमा पुग्ने सम्भावना कायम छ ।
समूह ‘डी’ मा अहिले लगातार तीन जित निकालेको दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । अब नेपाल, नेदरल्यान्ड्स र बङ्गलादेशमध्ये एक टोलीले सुपर आठमा स्थान बनाउनेछ ।
नेपालले अब समूहको तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा अन्तिम खेल खेल्नेछ । नेपाल समूहको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।
खेल रद्ध भएपछि नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाललाई एक अङ्कभन्दा पनि खेल खेल्न पाउनु जरुरी रहेको बताउनुभयो ।
‘‘हामी खेलेरै दुई अङ्क ल्याउन उत्साहित थियौँ । तर वर्षा वाधक भएपछि त्यो सम्भव भएन । अब सेन्ट भिन्सेन्टमा हामी राम्रो गर्नेछौँ । त्यहाँको पिट स्पिन बलिङलाई सहयोगी हुनेछ । सन्दीप लामिछानेको आगमनले पनि टोलीको स्पिनर आक्रमण बलियो हुनेछ,’’ मोन्टीले भन्नुभयो ।
यस्तै श्रीलङ्काका बलर महेश तिक्षणाले हामीले अघिल्ला दुई खेलमा राम्रो गर्न नसक्दा विश्वकपबाट बाहिरिन परेको बताउनुभयो । ‘‘आज खेल भएन । मौसम हाम्रो नियन्त्रणबाट बाहिर थिएन । तर श्रीलङ्काले यस विश्वकपबाट धेरै सुधार गर्नुपर्ने अवस्था देखिएको छ,’’ तिक्षणाले भन्नुभयो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #नेपाल र श्रीलङ्काबिचको खेल वर्षाले रद्ध, #नेपालको सुपर आठ सम्भावना कायम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्