कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि
काठमाडौं – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेश माथि २१ रनको जित हासिल गर्दै उपाधि कब्जा गरेको हो ।
लुम्बिनीले दिएको ११७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले २८ रन र विपिन रावतले २३ रन बनाउनु बाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । यी दुई बाहेक दीपेन्द्र रावतले मात्र दोहोरो अंक छुन सके । अन्य ब्याटर एकल अंकमा आउट हुन पुगे ।
लुम्बिनीको जितमा अभिषेक गौतम एक्लैले ५ विकेट लिए । यस्तै नर सार्कीले २ तथा देव खनाल र निर्मल गुरुङले समान १-१ विकेट लिए ।
त्यसअघि मुलपानीमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११६ रन बनायो । लुम्बिनीका लागि म्रिनाल गुरुङले ३० बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए । यस्तै विराट भण्डारीले २३ बलमा २६ रन जोडे । कृष्ण कार्कीले २२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।
कर्णालीका लागि युनिस ठकुरीले ३ विकेट लिए भने दिनेश अधिकारी र दिवन पुनले २-२ विकेट लिए । प्रकाश जैशीले १ विकेट लिए ।
लिग चरणमा लुम्बिनी, कर्णाली र बागमती प्रदेशले समान ८/८ अंक जोडेका थिए । नेट रनरेटका आधारमा लुम्बिनी शीर्षस्थानमा र कर्णाली दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्