अञ्जनलाई सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने अवसर
३० असोज, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोटको दोस्रो लेगमा नेपालले मंगलबार लाओससँग खेल्दैछ । दोस्रो चरणमा प्रवेश गर्नका लागि नेपालका लागि यो खेल महत्वपूर्ण छ ।
यस्तै फरवार्ड अञ्जन विष्टका लागि पनि यो खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउने अवसर हुनेछ । लाओसविरुद्ध एक गोल गरेमा अञ्जन नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन् ।
बिहीबार दशरथ रंगशालमा भएको लाओसविरुद्धको पहिलो लेगको खेलमा अञ्जनले एक गोल गर्दै हरि खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबरी गरेका थिए ।
घरेलु मैदानमा पहिलो हाफमा एक गोलले पछि परेको अवस्थामा अञ्जनले दोस्रो हाफमा गोल फर्काउँदै नेपालको सम्भावित संकट टारेका थिए ।
विंगबाट खेल्ने भएपनि पछिल्लो समय अञ्जन नेपालको मुख्य गोलकर्ताको रुपमा रहँदै आएका छन् । गत असारमा भारतको बेंगलुरुमा भएको साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा दुई गोल गर्दा अञ्जन र आशिष चौधरीले एक/एक गोल गरेका थिए ।
यस्तै म्यानमारविरुद्ध भएको दुई मैत्रीपूर्ण खेलमा नेपालले कुनै गोल गर्न सकेन । पहिलो खेलमा म्यानमारविरुद्ध नेपालले पेनाल्टी प्राप्त गरेपनि अञ्जन त्यसमा चुकेका थिए ।
पछिल्लो एक वर्षमा भने अञ्जनले ६ गोल गरिसकेका छन् । गत सेप्टेम्बरमा घरेलु मैदानमा भएको बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा करियरको पहिलो ह्याट्रिक गरेका अञ्जनले पाकिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा पनि एक गोल गरेका थिए । त्यसपछि साफ च्याम्पियनसिपमा कुवेत विरुद्ध र भर्खरै विश्वकप छनोटमा लाओस विरुद्ध गोल गरेका हुन् ।
सन् २०१४ मा फिलिपिन्स विरुद्ध सन्दीप राईको स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि डेब्यु गरेका अञ्जनले सन् २०१९ मा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध पहिलो गोल गरेका थिए । त्यो खेलमा अञ्जनले दुई गोल गरेका थिए ।
अञ्जनले सन् २०२१ मा सर्वाधिक ५ गोल गरेका थिए । जहाँ उनले इराक र भारतविरुद्ध मैत्रीपूर्ण खेलमा र चाइनिज ताइपेई विरुद्ध विश्वकप छनोटमा गोल गरेका थिए । यस्तै माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि उनले गोल गरेका थिए ।
अञ्जन अब लामो समयदेखि कायम रहेको हरि खड्का र निराजन रायमाझीको कीर्तिमान तोड्नबाट एक गोलले मात्र टाढा छन् । भर्खर २५ वर्ष पुगेका अञ्जनले खेललाई निरन्तरता दिए यो कीर्तिमान भंग गर्ने पक्का नै छ ।
तर लाओस विरुद्ध पनि नेपालका लागि गोल गर्ने मुख्य खेलाडीका रुपमा अञ्जन नै हुनेछन् ।
पछिल्लो समय राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेश पलायन भइरहनु र अनुभवी खेलाडीहरु भरत खवास, नवयुग श्रेष्ठ जस्तै खेलाडी अब टिममा पर्न छाड्नुले पनि नेपाली टिमको अग्रपंक्तिमा अञ्जन नै अनुभवी खेलाडीको रुपमा छन् ।
पहिलो लेगमा लाओससँग खेल बराबरी हुँदा अञ्जनले कीर्तिमान बराबरी गरेर पनि खुशी थिएनन् । उनले आफूले कहिल्यै पनि कीर्तिमानको लागि नखेलको प्रतिक्रिया दिएका थिए । ‘म कीर्तिमानका लागि खेल्दिनँ । टिमको जितको लागि खेल्छु र टिमले जितेपछि स्कोर त आफैँ भइहाल्छ’, उनले भने
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्