सोफा हबको दशैँ अफर : भदौ १५ देखि असोज १५ सम्म सोफा किन्नेलाई उपहा

काठमाडौँ, १६ भदौ । सोफा हब काठमाडौँले सोफा किन्दा निम्न अफरहरु घोषणा गरेको छ । स्क्याच कुपनबाट १ं हजार देखि १० हजारसम्मको छुट अफर ल्याएको छ, यस अन्तर्गत चार जनालाई स्क्याच कुपनबाट चार सेट सोफा निशुल्क प्राप्त गर्न सकिने छ ।
साथै, लक्की ड्र मार्फत १० जनालाई पानी तताउने जग र ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्न सकिने अफर समेत ल्याएको छ । यो अफर भदौ १५ देखि असोज १५ गतेसम्म सोफा किन्ने ग्राहक महानुभावहरुमा रहने प्रवन्ध निर्देशक तारालाल धरेलले बताए ।
कस्तो कम्पनी हो सोफा हव काठमाडौं ?
६ वर्षदेखि बर्ष सोफामा राज गरिरहेको सोफा हव काठमाडौं समस्त ग्राहक बर्गले गर्नु भएको भरोसा, सन्तोषजनक व्यवहारबाट प्रभावित भएर अघि बढ्ने प्रेरणा प्राप्त गरेको छ । काठमाडौंमा ३ ठाउँबाट क्रमशः वनस्थली, लैनचौर र चितवनको लंकुमा यसको सहायक शाखा निर्माण गरी दिनहुं सयौंको संख्यामा सोफा उत्पादन तथा बिक्री गरिरहेको छ ।
१५० जना भन्दा बढीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोगारी सृजना तथा पाईरहेका छन् । युवा उद्यमशीलहरुद्धारा सञ्चालित यस कम्पनी तथा व्यवसायबाट उत्पादित सोफा तथा फर्निचर चाहिएमा छुटसहित लिने व्यवस्था गरेको छ ।
को हुन् धरेल ?
यस कम्पनीका प्रवन्ध निर्देशक तारालाल धरेल धादिङको साविक ज्यामरुङ ५ हाल निलकण्ठ नगरपालिका– १० मा पिता यदु प्रसाद धरेल र माता धन कुमारी धरेलको कोखबाट २०४३ साल साउन १ गते जन्मनुभएका धरेलको सामाजिक क्षेत्रमा व्याप्त गलत प्रवृत्तिका विरुद्ध संघर्ष एवम् सत्यको पक्षमा अडिग भई बोल्ने निडर र सरल स्वभाव छ ।
सामाजिक क्षेत्रमा सक्रिय हुँदै गर्दा राजनीतिक यात्रा सुरु गर्नुभएका धरेलले जिल्लाको कुमारी देवी माध्यमिक विद्यालय हुँदै पब्लिक युथ क्याम्पसबाट व्यवसाय व्यवस्थापनमा स्नातकसम्म अध्ययन गरेका छन् । सामान्य र सरल स्वभावका ३५ वर्षका जोशीला युवा धरेल विभिन्न सामाजिक संघसंस्थामा आवद्धता भएका निरन्तर काम गर्न सक्ने क्षमतावान, दक्ष र उदाहरणीय युवा उद्यमी अभियन्ता पनि हुन् ।
तारालाल धरेल पर्यटन व्यवसायी, प्रखर वक्ता, समाजसेवी, सहकारी अभियन्ता समेत हुन् । लामो समय पर्यटन प्रवद्धर्न, विकास, सामाजिक सेवा र आर्थिक समृद्धिको क्षेत्रमा काम गरेका सामान्य र सरल स्वभावका धरेल विभिन्न संघसंस्थामा आवद्ध छन् । निष्ठा, सामाजिक हित र सेवा भावमा केन्द्रीत धरेलले आफूू व्यवसायमै समर्पित हुने प्रतिबद्धता गरेका छन ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्