Techie IT
आईतबार, वैशाख २८,२०८२

बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापन गर्दै टोखा नगरपालिका


टोखा काठमाडौं । टोखा नगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम शुरु गरेको छ ।

टोखा नगरपालिकाको सक्रियतामा अहिलेसम्म पहिलो चरणमा सामाखुसी देखि ग्रान्डीसम्म अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन शुरु गरिएको मेयर प्रकाश अधिकारीले बताउनु भयो । उनका अनुसार तार व्यवस्थापनका क्रममा दोस्रो चरण्मा सबैवडा र स्थानहरुमा ब्यवस्थापन गरिने छ ।

जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा नगरपालिकाले यस्तो अभियान शुरु गरेको र व्यवस्थापनकै क्रममा नगर प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सचेत समेत गराएको छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #तार व्यवस्थापन गर्दै टोखा नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:15 am6:44 pm +0545