Techie IT
आईतबार, वैशाख २८,२०८२

तारकेश्वरमा अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता हुँदै


काठमाडौं । तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा एक दिने अन्तर विद्यालय तीज नृत्य प्रतियोगिता हुने भएको छ ।  नर्थ भ्याली स्कुलमा हुने कार्यक्रममा तारकेश्वर शैक्षिक मञ्चमा आवद्ध १८ विद्यालयले सहभागिता जनाएको  पत्रकार सम्मेलनमा अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । तारकेश्वर शैक्षिक मञ्चमा २१ विद्यालय आवद्ध छन् । भोलीको तीज नृत्य प्रतियोगिताको जर्जमा राष्ट्रिय नाचघरबाट २ जनाको सहभागिता रहनेछ ।

चेलिबेटीहरुसँग सम्वन्धित यो चाड वर्षौ वर्षदेखि नेपालको मौलिक चाडको रूपमा मनाउँदै आएको हरितालिका तिजको उपलक्ष्यमा हरेक वर्ष तारकेश्वर शैक्षिक मन्चले तिज विशेष नृत्य प्रतियोगिता गर्दै आएको छ । यसपटक पनि टेफले आयोजना गर्न लागेको तिज विशेष प्रतियोगिताको लागि आयोजित पत्रकार सम्मेलनअनुसार हरेक स्कुलका कक्षा १० सम्मका विद्यार्थिहरुले कार्यक्रममा भाग लिन सक्ने जनाइएको छ । कार्यक्रममा भाग लिन आउँदा तिज विशेष भेषभुसासहित आफुले गर्न लागेको नृत्यको लागि स्वयम् गित उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।

यसैबिच पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तारकेश्वर शैक्षिक मन्चका अध्यक्ष नवराज न्यौपानेले नेपालको मौलिक कला संस्कृति बोकेको हरितालिका तीज विश्वमा नै आफ्नो छुट्टै पहिचान भएको कला संस्कृति अन्र्तगत पर्ने बताएका छन् । उनले आफूले विभिन्न मुलुकको संस्कारसंस्कृति रितीरिवाज परम्पराहरु नजिकबाट नियालेको तर नेपालको हरितालिका तीजमा धेरै विशेषता रहेको उल्लेख गरे ।

काठमाडौं जिल्ला प्यावसनका अध्यक्ष प्रेम राईको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनेछ । कार्यक्रमबाट बिजेता प्रथम, द्धितिय, तृतिय र सान्तवनाका लागि मेडल, प्रमाणपत्र र ट्रफि प्रदान गरिनेछ । सहभागि विद्यालयहरुलाई पनि प्रमाणपत्र प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ । भोलीको कार्यक्रममा २०० भन्दा विद्यार्थीले सहभागिता जनाउनेछन् ।

तारकेश्वर शैक्षिक मञ्चले यसअघि पहिलोपटक रोजमेरी आइडल स्कुलमा गरेको थियो भने दोस्रोपटक जीवन ज्योती स्कुलमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर शैक्षिक मञ्च


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:15 am6:44 pm +0545