Techie IT
मंगलबार, वैशाख ३०,२०८२

नागार्जुनमा चितुवाको आक्रमणमा घाइतेको अवस्था बुझन नगर प्रमुख अस्पतालमा , घाइतेहरुको उपचार नगरपालीकाले गर्ने


काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गा स्थित हर्साखोलामा चितुवाको आक्रमणमा परि एकै घरका पाँच जना घाइते भएकाहरुलाई नगरपालिकाले उपचार गर्ने भएको छ ।

बिहिबार नगर प्रमुख मोहन बस्नेतले आक्रमणबाट घाइते भइ मनमोहन मेमोरियल अस्पतालमा उपचार गराइ रहेका एकै घरका ४ जना सदस्यहरू संग भेट गरि स्वास्थ अवस्थाको जानकारी लिएका हुन ।

बुधबार गए राती १ः०० बजे हर्साखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

घाइतेहरूको अवस्था सामान्य छ । उनीहरु मध्ये केही अलि  अलि  बोल्न सक्ने तर त्रसित अवस्थामा रहेको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #नागार्जुनमा चितुवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:13 am6:46 pm +0545