Techie IT
बिहीबार, जेठ २,२०८२

बैतडीको दशरथचन्द नगरपालिका–१ मा एमालेका उम्मेदवार विजयी


बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–१ मा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन् । भट्टले निवर्तमान वडाध्यक्षसमेत रहेका भुवनराज भट्टलाई २४ मतले पराजित गरेका छन् ।

विष्णुले ८१४ मत प्राप्त गर्दा भुवनले ७९० मत ल्याएका छन् । वडा नम्बर १ मा दुवै जनाको तीव्र प्रतिस्पर्धा भएको थियो ।

पराजित भएका भुवन नेपाली कांग्रेसका नगर सभापतिसमेत हुन् । दशरथचन्दको नगरप्रमुखमा भने एमालेका पुष्करराज जोशी (लख्खाभाइ) ले आफ्नो अग्रता कायमै राखेका छन् ।

यसअघि दशरथचन्द नगरपालिका–११ मासमेत एमालेकै जयदत्त पन्त विजयी भएका थिए । अन्य वडाको मतगणना बाँकी छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:12 am6:47 pm +0545