Techie IT
बिहीबार, जेठ २,२०८२

साङ्गलामा एमालेकोे घर दैलो अभियानलाई तीव्रता


तारकेश्वर नगरपालिकामा एमालेले घर दैलो अभियानलाई तीव्रता दिएको छ । यहाँका ११ वटै वडाहरूमा एमालेका उम्मेदवारहरू घर दैलोमा निस्किएको नेकपा एमाले तारकेश्वर नगर कमिटि अध्यक्ष बासु गौतमले बताए ।

घर दैलो अभियानमा एमालेको तर्फबाट नगरपालिकामा मेयर पदका उम्मेदवार रामेश्वर बोहोरा र उपमेयरकी उम्मेदवार भवानी डोटेल पनि सहभागी रहेकी छिन।
यसै सन्र्दभमा वडा नं १ साङ्गलामा पनि एमालेले घरदैलो अभियानलाई तिब्रता दिएको छ ।

बिहानी चोक साङ्गलाबाट सुरुहुने अभियान सल्लेगाउँ , कुन्चीप्वाकल , लक्ष्मीपुर लगायतका माथिल्लो भागमा आज हुने तथा तल्लो साङ्गलाको भागमा क्रममैसंग भोलीबाट हुने वडा कमिटिका अध्यक्ष गोपाल सापकोटाले बताउनुभयो ।

वडा नं मा वडा अध्यक्ष पदमा बिदुर सापकोटा तथा सदस्यहरुमा लक्ष्मी श्रेष्ठ , अच्युतराज कुँवर , बिमल तामाङ्ग र सम्झना मिजार रहेका छन ।

 


क्याटेगोरी : स्थानीय
ट्याग : #एमालेले घर दैलो अभियानलाई तीव्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545