Techie IT
बिहीबार, जेठ २,२०८२

तारकेश्वर–६ लाई नमुना वडा बनाउन मेरो उम्मेदवारी : राजु तिमिल्सिना


काठमाडौं । तारकेश्वर नगरपालिका– ६ मा वडाध्यक्षका उम्मेदवार राजु तिमिल्सिनाले आफूले चुनाव जितेर नमुना वडा बनाउने बताएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यको चुनाव जितेका नेता तिमिल्सिनाले अहिलेको निर्वाचनमा भने अध्यक्षमा चुनाव जितेर उक्त वडामा विभिन्न विकास निर्माणमा ध्यान केन्द्रीत भएको र नमुना वडाको रुपमा चिनाउने योजना अघि सारेको बताए ।

सरकारले यही बैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तय गरेको छ । बिगतको चुनावमा वडा सदस्यमा निर्वाचित भएर स्थानीय जनताको दुःख शुखका भावना बुझेर राम्रो काम गरेको जिकिर गर्दै उनले अबको निर्वाचनमा पनि जनताले आफ्नै नेतृत्व माग गरेको बताए ।

उक्त वडामा विशेष खानेपानीको समस्या जनताले भोग्दै आएको भन्दै उनले खानेपानीलगायत सडक निर्माणका काम पूरा गर्ने बताए ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:13 am6:46 pm +0545