Techie IT
बिहीबार, जेठ २,२०८२

जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका व्यक्तिको निधन


सिरहा । स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ । सिरहाको नवराजपुर गाउँपालिका–१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो ।

चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:13 am6:46 pm +0545