Techie IT
बिहीबार, जेठ २,२०८२

समृद्ध महानगर र शुखी नेपाली बनाउन मेरो उम्मेदवारी : ढकाल


काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौं महानगरपालिका– ३१ को वडाध्यक्षमा नेकपा एमालेको तर्फबाट सरोज ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

समाज शास्त्रमा एमए गरेका नेता ढकालले आफू विद्यार्थीकालबाट नै राजनीतिकमा होमिएको जानकारी दिँदै समृद्ध महानगर र शुखी नेपाली बनाउने उद्देस्यले वडाध्यक्षमा उम्मेदवारी दिएको बताए ।

लामो समयदेखि राजनीतिमा लागेर विभिन्न विकास निर्माण र सामाजिक कार्य गर्दै आफूले जनताको मन जितेको जिकिर गर्दै उनले अहिलेको निर्वाचनमा चुनाव जित्ने दाबी गरे ।

२०७४ मा उक्त वडामा एमालेबाट प्यानलसहित चुनाव जितेर धेरै विकास निर्माण गरेको दाबी गर्दै नेता ढकालले अहिले पनि त्यहाँका जनताले प्यानलसहित नै आफूहरुलाई विजयी बनाउने विश्वास लिएको बताए ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:13 am6:46 pm +0545