Techie IT
बिहीबार, जेठ २,२०८२

अछाममा चक्कु प्रहारबाट चार जना घाइते


अछाम । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । जिल्लाको ढकारी गाउँपालिका– १ का मानबहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो ।

स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइछ । तपेन्द्र प्रहरीको नियन्त्रणमा छन् । अन्य फरार रहेका छन् ।

चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ ।

उनीहरुको अवस्था गम्भीर छ ।तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:13 am6:46 pm +0545