कुटपिटबाट सप्तरीको मृत्यु प्रकरणमा आरोपित पक्राउ

सप्तरी । सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । खडक–४ पंसेराका रामअशिष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।
घटनाको गम्भीररूपमा अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए ।
सोमबार राति विवाहमा डिजे बाजा बजाएर नाचेको र जन्तीलाई रोकेका विषयमा दुई पक्षबीच झगडा भएको स्थानीयवासीले बताएका छन् । गाउँलेले झगडा छुटाएपछि पुनः अबेला राति हुल बाँधेर आएका आरोपितले सन्तलाललाई नियन्त्रणमा लिएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन् ।
कुटपिटबाट पासवानको शरीरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकामा आज चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।
आरोपितलाई कडा कारवाही गर्न माग गर्दै गाउँलेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमाहा चोकमा आज अपराह्न आधा घण्टा चक्काजाम गरेका थिए । मृतकको विराटनगरस्थित कोसी अस्पतालमा आज शव परीक्षण भएको छ । शव गाउँ ल्याउने तयारी भइरहेको मृतकका परिवारका सदस्य छतिशलाल पासवानले बताए ।
क्याटेगोरी : स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्