Techie IT
बुधबार, जेठ १,२०८२

कांग्रेसबाट राजीनामा दिएर एमालेबाट अध्यक्षको उम्मेद्‌वार


पोखरा । गठबन्धनका कारण कांग्रेसबाट उम्मेद्वार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेद्वार बनेका छन् । गलकोट नगरपालिका(६ का सभापति भक्त नेपाली कांग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।

कांग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताए । उनीमात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेद्वारी दिएकी यमुना देवी शर्मा पनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।

उनी यसअघि महिला संघको सचिव समेत भएर काम गरिसकेकी छिन् । शर्माले कांग्रेसबाट उपमेयरको टिकट मागेकी थियन् । जैमिनीमा कांग्रेसले जनमोर्चालाई मेयर दिएको छ भने हरिहर शर्मालाई उपमेयर उठाएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #hot, #कांग्रेसबाट राजीनामा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:13 am6:46 pm +0545