Techie IT
बुधबार, जेठ १,२०८२

एकाबिहानै कसले ढलायो भैरहवा सडकपेटीका गमलासहित बिरुवा ?


भैरहवा । रुपन्देहीको सिद्धार्थनगर– १२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्याइएको छ ।

वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बोटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् ।

वडामार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् । ‘२०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा वातावरणको अनुभूत गराउन वैकल्पिक गमला सडकपेटीमा राखेर व्यवस्थापन गरिएको थियो, विरुवा कसले ढाल्यो भन्ने खुलेको छैन,’ वडा अध्यक्ष करुन्जन श्रेष्ठले भने ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले रातिको समयमा विरुवा ढालिएको भन्ने खबर आएको बताए । सिसी क्यामराको फुटेज पनि हेरिने उनले बताए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:13 am6:46 pm +0545