Techie IT
बुधबार, जेठ १,२०८२

स्थानीय तहमा युवाको आकर्षण, फुयाँल बने कान्छो उम्मेदवार


काठमाडौं । यही वैशाख ३० गते देशभर हुन लागेको स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा युवाको उपस्थिति बाक्लो देखिएको छ । काठमाडौं महानगरपालिकादेखि देशभरका पालिकाहरुमा युवा उम्मेदवारको लर्को लागेको पाइएको छ ।

सोही क्रममा काठमाडौंको तारकेश्वर नगरपालिकामा २२ वर्षीय नवीन फुयाँलले वडा सदस्यको पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन स्रोतबाट प्राप्त जानकारी अनुसार नवीन फुयाँल देशकै कान्छो उम्मेदवार बनेका छन् । तारकेश्वर नगरपालिका– ३ का स्थायी वासिन्दा फुयाँलले सोही वडाबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका फुयाँलको वडामा यसभन्दा अघिको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष विजयी भएका थिए ।

फुयाँल ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको राजनीतिमा संलग्न हुनुका साथै नेपाली विद्यार्थी संघ काठमाडौं क्षेत्र नं ७ प्रदेश (ख) कार्यसमितिको सभापति रहेका छन् । फुयाँलले अग्रज पुस्ता आशीर्वाद र युवा पुस्ताको साथ सहयोगमा चुनाव जित्नेमा विश्वास लिएको बताए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545